× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनकाे गान्सु प्रान्तमा ६.२ काे भूकम्प । मृत्यु हुनेको संख्या कम्तीमा १११ पुग्यो । 

    ९ महिना पहिले

    काठमाडौं, पुस ३-

    उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा ६.२ म्याग्निच्युडको भूकम्पमा गएको छ । गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ५ सय भन्दा बढी मानिहरू घाइते भएका छन् । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १११ पुगेकाे छ ।

    केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले बताएका छन । सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् । करिब ४७०० घर क्षति ग्रस्त रहेकाे एजेन्सीले बताएका छन । गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ ।

    उद्धारकाे लागी ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरण सहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको प्रान्तीय अग्नि तथा उद्धार विभागले बताएका छन ।

    रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ । एजेन्सी