× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मन्त्री ज्वालाको गाडी आगजनी घटनाः ज्यान गुमाउनेको सङ्ख्या दुई

    ९ महिना पहिले

    पुष-१३, कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दुवै जनाको पहिचान खेलेको छ।

    मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए।

    वीरेन्द्र शाहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। शाहको पाटन अस्पतालमा र रावतको किष्ट अस्पतालमा मृत्यु भएको हो।

    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।