× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीद्वारा ईलाका प्रहरी कार्यालय मुग्लिङको भवन उद्घाटन

    ९ महिना पहिले

    पौष-२०, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीकोले भवनको समुद्‌घाटन गरेकी हुन् ।

    नेपाल सरकारको नियमित बजेटबाट निर्मित सो भवनको उद्घाटन कार्यक्रममा ईच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरूङ, जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक फणिन्द्र बराल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, ईच्छाकामना गाउँपालिका, चितवनका उपाध्यक्ष माया सिलवाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्‍वर कार्की, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानीय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा प्रहरी कार्यलय निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    ४ कठ्ठा ६ धुर फैलिएको जमिनमा करिब ५ करोड १७ लाख ९६ हजार लागतमा निर्माण सम्पन्न भएको सो भवनको शिलान्यास तत्काल नेपाल प्रहरीका प्रमुख महानिरीक्षक सर्वेन्द्र खनालले गर्नु भएको थियो।