× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • प्रदेश ५

    आफ्नै छोराको हत्या आरोपमा बाबु पक्राउ

    ८ महिना पहिले

    ईलाम । आफ्नै छाेराकाे हत्या गरेकाे आराेपमा माई नगरपालिका–६ बिहिबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई पक्राउ गरेको छ । १९ बर्षीय जीवन राइ अर्थात छाेरालाइ घरायसी विवादको क्रममा बाबु दिल कुमार राइले खुकुरी प्रहार गरी हत्या गरेकाे अनुसन्धानकाे क्रममा देखिएकाे प्रहरीले जनाएकाे छ ।

    खुकुरी प्रहारबाट गम्भीर घाइते भएका जीवन राइको बि एण्ड सी अस्पताल, विर्तामोडमा उपचारको क्रममा ज्यान गएको थियो । घटना लगत्तै प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।