× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

    ८ महिना पहिले

    माघ-५, वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो ।

    दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो ।

    गायक वैद्य ७७ वर्षका थिए । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् ।

    नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।