× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एसईई परीक्षाको समय तालिका सार्वजनिक

    ८ महिना पहिले

    माघ-८, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

    परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले हिजो आइतबार परीक्षा तालिकाका बारेमा निर्णय गरेको थियो ।

    परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।