× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मुना सडककाे दासढुङ्गामा मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु ।

    ८ महिना पहिले

    चितवन :   दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको ना ५९ प २६२१ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते ७२२५ नम्वरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका ७ का ४० बर्षिय प्रकाशबाबु थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का मोटरसाइकल चालक रत्ननगर नगरपालिका १३ का २२ बर्षिय सुदर्शन आचार्य गम्भिर घाइते भएका छन । उनको भरतपुरमा उपचारपछि थप उपचारका लागि सोमबार साँझ काठमाडौं लगिएको छ । अन्य दुई घाइते ४४ बर्षिय सावित्रा आचार्य र ५८ बर्षिय तिलकबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।