× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन जामको सदुपयोग गर्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

    ७ महिना पहिले

    माघ २७, मुग्लिन
    चितवन ट्राफिकले मुग्लिनमा जामको सदुपायोग गर्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । मुग्लिन नारायणगढ सडक खण्डमा पुल निर्माण गर्नको लागि भित्तो काट्नुपर्ने भएकोले दैनिक ४ घण्टा सवारी आवगमन बन्द गर्दै आएको छ । मुग्लिन तर्फ आउने सवारी साधनलाई १५ किलो र नारायणगढ तर्फ जाने सवारी साधनलाई मुग्लिनमा रोकिदै आएको छ ।

    मुग्लिनमा जाममा परेका यात्रु तथा चालकलाई ट्राफिक प्रहरी कार्यालय मुग्लिनले ट्राफिक सचेतना कार्यक्रम गरेको हो । सो अवसरमा जाममा परेका सवारी साधनमा “म जिम्मेवार चालक अनुशासित यात्रा र निगरानी मेरो दायित्व” लेखेको स्टिकर टास्नुका साथै सचेतना सम्बन्धि जानकारी गरिएको थियो ।


    क्षतिलाई न्युनिकरण गरी आम जनसमुदायमा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको बिशेष पहल र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय रामनगरको समन्वयमा ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत यस कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्र.ब.ना.नि. टंक प्रसाद शिवाकोटीले बताएका छन् ।

    माघ २५ गते देखि शुरु भइ फाल्गुण २ गते सम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, ट्राफिक–विद्यालय कार्यक्रम, चालक संग २ मिनेट, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमु्ख टंक प्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।

    पछिल्लो तथ्याङ्क अनुसार नेपालमा दैनिक औसत ७ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुनेगरेको छ भने गत आर्थिक वर्षमा २८३ सवारी दुर्घटनामा १२० जनाले ज्यान गुमाएका थिए ।