× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी शिक्षा सदन स्कुलको १७ औँ वाषिर्कोत्सव सम्पन्न

    ७ महिना पहिले

    फाल्गुन -२, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलको १७ औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ ।वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वार्षिक पुरस्कार वितरण रहेका थिए ।

    कार्यक्रमको प्रमुख अतिथिको आथित्यता ग्रहण गर्दै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शुभकामना दिएका थिए । उनले इच्छाकामना गाउँपालिकाको शैक्षिक स्तर अभिवृद्धि गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

    बिधालय ब्यबस्थापन समितिको अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, वडानं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचन, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङ एवं अतिथिका रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधि, विधालयका संचालक एवं विभिन्न विधालयको प्राचार्य उपस्थित रहेका थिए ‌।

    विधार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेको कार्यक्रममा शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।