× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रोकिराखेको ट्रकमा बसले ठक्कर दिदा १ जनाको मृत्यु, ४ घाइते

    ८ महिना पहिले

    चैत्र ४, चितवन
    चितवनको इच्छाकामनामा सवारी दुघएटना हुँदा १ को मृत्यु ४ घाइते भएका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज विहान २ः४० बजे रोकिराखेको ट्रकमा बसले ठक्कर दिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


    गौरबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ८५२४ नम्बरको बसले टायर पन्चर भई टायर फेर्न रोकिएको ना ६ ख ३५८० नम्बरको ट्रकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका बरिष्ठ प्रहरी नायव निरिक्षक टंक प्रसाद शिवाकोटीले जानकारी दिएका छन् । दुर्घटनमा परि बसमा सवार १ जनाको उपचारको लागि चितवन लैजादै गर्दा बाटोमा मृत्यु भएको र अन्य ४ जना घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिएका छन् ।


    बसमा ३१ जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको प्रहरीले बताएको छ । दुर्घटना पछि अहिले उक्त स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेको सवारी हटाएपछि मात्र दुई तर्फी रुपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ । बसचालक चालक जिल्ला नवलपरासी(सुस्तापुर्व)कावासोती न.पा.१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङ इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।


    मृतक तथा घाइतेहरुको विवरण
    १. ट्रक चालकः–जिल्ला पर्सा विरगन्ज म.न.पा. २३ बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा चोट मध्यम) ।
    २. बसमा सवार जिल्ला सर्लाही बरहथवा न.पा. मिलनचोक बस्ने बर्ष २५ कि पुजा गुप्ता(मुखमा चोट मध्यम) ।
    ३. बसमा सवार देश भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार((टाउकोमा चोट मध्यम) ।
    ४. बसमा सवार देश भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता(सामान्य) ।
    ५. बसमा सवार देश भारत मोतिहारी जिल्ला चम्पारण बस्ने बर्ष अ.३७ गौरी दास उपचारको क्रममा ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको ।