× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

    ६ महिना पहिले

    चैत्र ४, चितवन
    मुग्लिनमा ट्रक र मोटरसाइकल ठक्कर खादा १ जनाको मृत्यु भएको छ ।

    होटलको पार्किङ्गबाट निकाल्ने क्रममा व्ज्ण्छम् प्द्दडघढ नम्बरको भारतीय ट्रक र काठमाण्डौ तर्फ आउदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा हुनेमा विरगञ्ज स्थायी घर भइ मुग्लिनको एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएको वर्ष १८ को आकाश कुसुवा रहेको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार रहेको ट्रक चालकलाई होटलमा लुकी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।