× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु

    ६ महिना पहिले

    चैत्र ७, चितवन
    ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर म.न.पा. २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको जुगेडी प्रहरी चौकीले जानकारी दिएको छ । मृतकको नाम थर र वतन खुली नसकेको प्रहरीले जनएको छ । दुर्घटनामा परेको दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले आफ्नो नियन्त्रणमा लिएको छ ।