१२ महिना पहिले
चैत्र २४, मुग्लिन
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्र.स.नि. दिल बहादुर तामाङले जानकारी दिएका छन् ।