× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नारायणगढ सडक खण्डमा ट्रक पल्टियो, २ घाइते

    ५ महिना पहिले

    चैत्र २४, चितवन
    मुग्लिन नारायण सडक खण्डमा आज दिउसो ट्रक पल्टदा २ जना घाइते भएका छन् ।

    मुग्लिङ्गबाट नारायणगढ तर्फ जादै गरेको ग. २ ख. ८९७ नम्बरको गिटी बोकेको ट्रक चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ अन्तरगत ५ किलोमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी घाइते हुनेमा मध्यविन्दु नगरपालिका १५ चोरमाराका ३५ वर्षिय हरिनारायण महत्तो र सह-चालक मध्यविन्दु नगरपालिका ६ बस्ने वर्ष २६ को टेकनारायण थापा रहको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको खबर पाएसंगै इलाका प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा घाइतेको उद्दार गरी उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार ट्रकको टायर पड्कीयर अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ ।