× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन–नारायणगढ सडकमा सवारी दुर्घटना हुँदा इच्छाकामनाका १४ जना घाइते

    ५ महिना पहिले

    बैशाख-६, मुग्लिन–नारायणगढ सडकमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    भरतपुर महानगरपालिका वडा नं.२९ स्थित चौधकिलो भन्ने स्थानमा बिहीबार बिहान करिब पौने १० बजे मुग्लिनबाट नारायणगढतर्फ गईरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँदा म्याजिक भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

    उक्त दुर्घटनामा परी इच्छाकामना गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का अमिन सुनार (मध्यम), वर्ष ३३ की तारा गुरूङ (गम्भीर), वर्ष ३ की अंशु गुरूङ (मध्यम), वर्ष १० का विक्रम गुरूङ (मध्यम), वडा नं.२ बस्ने वर्ष १७ कि अस्मिता चेपाङ (मध्यम), वर्ष १६ का सोमबहादुर चेपाङ (सामान्य), इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४८ की माया राना (गम्भीर), वर्ष ३७ का भरत आले, वर्ष ४० की लालमाया आले, वर्ष ३८ की लीला गुरूङ (मध्यम) र वडा नं.७ बस्ने वर्ष १० की मिक्की गुरूङ (मध्यम)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    यस्तै गरी तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३८ का शम्शेरबहादुर थापा (सामान्य), उनका छोरा वर्ष ६ का संगम थापा (सामान्य), सोही वडा बस्ने वर्ष ३५ की गुनमाया आले (सामान्य), चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष २४ का विवके चेपाङ (सामान्य), सोही वडा बस्ने वर्ष २९ का यमबहादुर चेपाङ (सामान्य) र म्याजिक भ्यानका चालक इच्छाकामना गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० का कुमार गुरूङ (सामान्य)को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

    प्रहरीका अनुसार म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किन पुगेको हो । ट्रक चालक मकवानपुर जिल्ला वकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बम्जन प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।इ चितवन पोष्टबाट