१२ महिना पहिले
बैशाख-९, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ८:४५ बजे ठूलो हिमपहिरो खसेको छ ।
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए ।
पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर पानीको बहाव बढ्न गई उक्त स्थानमा रहेको अस्थाई काठको पुल बगाएको र उक्त पानीको बहाब बुढिगण्डकी नदिमा मिसिएको उनले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदिको सतहमा पर्ने गोरखा र धादिङ जिल्लामा रहेका सम्बन्धित उक्त स्थानका स्थानियबासीहरुलाई नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए ।