× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    त्रिशुली नदी प्लास्टिकजन्य फोहर मुक्त गरिदै

    ५ महिना पहिले

    बैशाख १४, चितवन
    त्रिशुली नदीलाइ प्लाष्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको छ । इच्छाकामना गाउँपालिकाले क्रिएशन काठमाण्डौसंगको सहकार्यमा त्रिशुली नदी सरसफाइ गर्न लागिएको हो ।

    क्रिएशन संस्थाका सञ्चालक उज्वल उपाध्याय र इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्ग एवम् प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेत विच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । विश्व बैंकको आर्थिक सहयोगमा नदीहरूमा प्लास्टिकजन्य फोहोर फाल्न नदिन र फ्याकिएका फोहरहरु संकलन तथा रिसाइकल गरी नदिलाई सफा र स्वच्छ बनाउने उद्देश्यकासाथ यो अभियानकर्ता उज्वल उपाध्यायले बताएका छन् ।


    बढ्दो प्लास्टिकको खपत र प्रभावकारी प्लास्टिक व्यवस्थापन नहुँदा प्लाष्टिकजन्य फोहरहरु बढिरहेको अवस्था छ । नेपालका नदीहरुमा प्लास्टिकजन्य फोहोर वार्षिक रूपमा २० हजार टनले थुप्रिने गरेको विभिन्न अध्ययनले देखाएको छ । यस कार्यक्रम मार्फत ऋब्ए परियोजनाले स्थानीय सरकारसँग मिलेर फोहोरको तथ्याङ्क तथा परीमाणनै सङ्कलन गर्ने छ ।

    यसकालागी आवश्यक पर्ने पुर्वकार्यहरु जस्तै स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन सम्बन्धी सुचना संकलन तथा यसमा कार्यरत सरकारी, निजी, नागरिक समाज तथा स्वतन्त्र निकाय तथा व्यक्तीको क्षमता अभिवृद्धि गर्ने काम गर्नेछन् ।