× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    आँबुखैरेनीमा ट्रकले विद्युतपोल ढाल्यो, मर्मत गर्न ३ घण्टा लाग्ने

    ७ महिना पहिले

    बैशाख १५, तनहुँ
    तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटना हुँदा विद्युत आपुर्ति बन्द भएको छ । मुग्लिङ्गबाट आँबुखैरेनी आउदै गरेको ना ८ ख ७५२८ नम्बरको ट्रक आबुखैरेनीमा दुर्घटना भएको हो । चालकले ट्राफिक जरिवाना तिर्न ट्रक सडकमा रोकेर ट्राफिक पोष्ट निस्कदा ट्रक आफै व्याक भई विद्युत पोलमा ठोक्किन गइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्र.स.नि. विष्णु मगरातीले जानकारी दिएका छन् । दुर्घटनाका कारण कुनै मानवीय क्षति नभएको तर विद्युत पोल र ट्राफिक पोष्टमा क्षति पु¥याएको उहाँले बताएका छन् ।


    ठक्कर दिने चालक र सवारी साधन इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण विद्युत पोलमा क्षति हुँदा आँबुखैरेनी, मुग्लिन, कुरिनटार लगाएतका ठाउहरुमा विद्युत आपुर्ति बन्द भएको छ । मर्मत कार्य शुरु भइसकेको र विद्युत प्रवाह गर्न ३ घण्टा लाग्ने विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्रवाह नहुँदा मुग्लिनमा रहेको चार्जिङ्ग स्टेशन समेत बन्द हुन पुगेको कारण विद्युत मर्मत कार्य सम्पन्न नहुँदा सम्म आँबुखैरेनी सवस्टेशन नजिकै रहेको रोयल होममा रहेको चार्जिङ्ग स्टेसन प्रयोग गर्न सकिने प्राधिकरणले सुचना जारी गरेको छ ।