७ महिना पहिले
चितवन । दुई वर्ष अघि अपांगता भएकी आफ्नै वृद्व माईजुलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले आरोपित इच्छाकामना गाउँपालिका ३ वस्ने ५४ वर्षका एक पुरुषलाई २९ वर्ष कैद सजाय फैसला गरेको छ ।
६ लाख ४० हजार जरिवाना, १ लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय जम्मा गर्ने फैसला समेत भएको छ । घटना २०७८ चैत ८ गते भएको हो । पीडित पक्षले चैत २१ गते उजुरी दिएका हुन् । पिडितको उपचारको क्रममा चैत २१ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।