६ महिना पहिले
जेठ-२८, गर्मीका कारण भरतपुर महानगरपालिका भित्रका विद्यालयमा चार दिन बिदा दिइएको छ ।
महानगरपालिकाले सोमबार सूचना जारी गर्दै यहि जेठ २९ र ३२ गते विद्यालयमा बिदा दिएको जनाएको छ ।
अत्याधिक गर्मी बढ्न गइ पठन–पाठनमा असहज हुनुका साथै विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने अवस्था रहेकोले भन्दै बर्षे विदा कट्टा हुने गरि महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिएको सूचनामा जनाइएको छ ।