× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    बन्दीपुर केवलकार सञ्चालनमा, सीमित अवधिकाे लागी ६० प्रतिशत छुट ।

    ३ महिना पहिले

    तनहुँ ३० । पहाडकी रानीकाे रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बिहीबार अर्थात जेठ ३१, २०८१ देखि केवलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडले सञ्चालनमा ल्याउन लागीएकाे उक्त केबुलकारले प्रति घण्टा ५०० यात्रुलाइ सेवा दिने कम्पनिले जनाएका छन ।

    बार्षिक ५ लाख यात्रुहरूले यात्रा गर्ने लक्ष्यकाे साथ सञ्चालित बन्दिपुर केवुलकार नेपालमा सञ्चालनमा आएकाे साताै नम्बरकाे केबुलकार हाे । करिब दुइ अरब पचास कराेड रूपैयाकाे परियाेजना लक्षित लगानी रहेकाे बन्दिपुर केवुलकार मुग्लिन देखि पाेखरा राजमार्गमा अवस्थित छ । खैरेनी बजार तर्फ डुम्रे बजार भन्दा १ किलाेमिटर वरै ठुलढुङ्गा भन्ने स्थानमा तल्लाे स्टेशन रहेकाे केवुलकारकाे लम्बाइ १६१६ मिटरकाे रहेकाे कम्पनीले जनाएकाे छ ।

    कम्पनीले व्यवसायीक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ । बास्तबिक टिकट दर नेपालीकाे लागी ८०० रहने कम्पनीले जनाए पनि हाललाइ निम्नानुसारकाे टिकटदर कायम गरिएकाे र यस माथि सञ्चालन शुरूवातकाे अवशरमा ६० प्रतिशत छुट प्रदान गरिने स्टेशन मेनेजर राेमन श्रेष्ठले जानकारी गराए ।

    प्रति घण्टा पाँच सय जना यात्रु बोक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाकारी दिए । विसं. २०७५ साउन देखि केवलकार निर्माण सुरू गरिएको थियो । सोही समूहले बन्दीपुरमा पाँच तारे होटल सञ्चालनको अन्तिम तयारी समेत गरिरहेको छ ।