× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कार र बस ठोक्कियो, १७ घाइते

    ३ महिना पहिले

    जेष्ठ ३२, चितवन ।
    आज विहान चितवनको फिस्लिङ्गमा कार र बस ठोक्किएर दुर्घटना भएको छ ।

    काठमाडौबाट मुग्लिनतर्फ आउदै गरेको बा प्र. ०१–०२९ च. ३७२० नम्बरको कार र नेपालगन्जबाट काठमाडौ जाँदै गरेको भे. १ ख. ४०६२ रात्री बस एक आपसरमा ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो ।

    विहान करिब ७:३० बजे भएको दुर्घटनाको कारण १७ जना घाइते भएको र ३ जनाको अवस्था अम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    बसको चालक र कारमा सवार ५ जना मध्ये २ जना अवस्था गम्भिर रहेको हुँदा उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयहरुले दुर्घटन स्थल पुगेर घाइतेहरुको उद्धार गरेका थिए । अहिले उद्धार कार्य सकिसेको छ भने घाइतेहरुको विवरण संकलन गर्ने कार्य भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाका कारण पृथ्वीराजमार्ग केही बेर अबरुद्ध हुन पुगेको थियो ।