× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मनकामना केबलकार सेवा मर्मत कार्यकाे लागी करिब ५० दिन बन्द हुने।

    ३ महिना पहिले

    नेपालकै पहिलो केबुलकार मनकामना केबलकारले स्तराेन्नतिकाे लागी केबुलकार सेवा करिब डेढ महिना बन्द हुने जनाएको छ । केबलकारको डिजिटल प्रणाली स्तरोनती कार्यकाे लागि यहि असार ३१ गते साेमबारकाे दिन देखि करिब ५० दिन मनकामना केबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

    यस अवधिमा केवुलकार हाताभित्र सञ्चालित मनकामना क्याफे भने खुल्लै रहने समेत बताएका छन ।

    २०५५ मंसिर ८ गते देखि निरन्तर सेवा प्रदान गर्दै आइरहेकाे मनकामना केवुलकार नेपाल कै पहिलाे र हालसम्मकाे लामाे दुरीकाे केवुलकारले परिचित छन । करिव २६ बर्ष अघि सञ्चालनमा ल्याइएकाे मनकामना केवुलकारलाइ अत्याधुनिक डिजिटल प्रबिधिमा स्तराेन्नति गर्न लागी रहेकाे जानकारी गराउदै यसकाे लागी कम्पनीले करिब ६० कराेडकाे हाराहारीमा खर्च हुने समेत बताएका छन ।

    नेपाल कै प्रसिद्ध मनकामना मन्दिर जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकारले चितवन र गाेरखा दुइ जिल्लालाइ जाेडेका छन । चितवनकाे इच्छाकामना गाउपालिका र गाेरखाकाे मनकामना जाेडेकाे यस केवुलकारकाे लम्बाइ भने ३.०२ किलाेमिटर रहेकाे छ ।

    दैनिक ३ हजार देखि १० हजार यात्रुले यात्रा गर्ने मनकामना केबुलकारले बार्षिक ११ लाख भन्दा बढि ग्राहकलाइ सुविधा दिदै आएका छन । मनकामना हाल नेपाली सहित भारतीय पर्यटक एवं दर्शनार्थीहरूकाे समेत प्रमुख राेजाइकाे गन्तव्य बन्दै गएकाे छ । १३०२ मिटरकाे उचाइमा अवस्थित मनकामना क्षेत्र १२ महिना नै चिसाे माैसमकाे कारण परिचित छन ।

    शुरक्षालाइ पहिलाे प्राथमिकतामा राखेकाे र समयानुकुल स्तर उन्नति पनि अत्यावश्यक रहेकाेले कम्पनिले केहि समय देखि नै केवुलकारकाे स्तराेन्नतिकाे लागी प्रयास थालीएकाे मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक श्री उज्वल शेरचनले जानकारी गराए । स्तराेन्नति कार्यकाे लागी दक्ष प्राबिधिकहरू अष्ट्रियाकाे डाेपलमेयर कम्पनीबाट नै आउनुपर्ने र उनीहरूकाे समय नमिलि रहेकाे कारण केहि समय ढिलाे हुन गएकाे समेत शेरचनले बताए ।

    ५० दिनकाे टार्गेट राखेर स्तराेन्नति गर्न लागी रहेकाे मनकामना केवुलकार लक्ष्य भन्दा अघि सुचारू गर्न हरसम्भव प्रयास गरिने अपरेसन तथा मेन्टिनेन्स हेड सुनील कर्माचार्यले बताउनु भयाे साथै माैसमले प्रतिकुल रहेमा वा साथ नदिएमा समय हेरफेर हुने समेत बताउनु भयाे ।