× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    शहिदलखन ७, गोरखाकी प्राप्ति श्रेष्ठले जितिन् एसईई प्रिन्सेस-२०२४ को उपाधी ।

    ३ महिना पहिले

    काठमाडौं । सिजन मिडियाको आयोजनामा सम्पन्न भएको१२ औँ संस्करणको नामी कलेज एसईई प्रिन्सेस-२०२४ को उपाधि गोरखा शहिद लखनकी प्राप्ति श्रेष्ठले जितेकी छिन् । प्राप्तिले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारेकी छिन् । उनी गोरखाको शहीदलखन गाउँपालिका ७ कि निवासी हुन् ।

    उपाधी विजेता श्रेष्ठले ल्यापटप तथा नामी कलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरेकी छिन् ।

    प्रतियोगितामा  फष्ट रनर्सअप प्रीति शर्मा, सेकेण्ड रनर्सअप निरजरा श्रेष्ठ, थर्ड रनर्सअप ज्यास्मिन धमेना तथा फोर्थ रनर्सअप शुभ के.सी. विजयी भए ।  फष्ट तथा सेकेण्ड रनर्सअपले क्रमशः सामसुङ मोबाइल फोनका साथै दश जोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे । थर्ड तथा फोर्थ रनर्सअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन् ।

    त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनिक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल तथा वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए । कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यता रहेको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउँदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए ।

    उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो । नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोण बहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज, शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आनन्दकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं, प्रेम गुरुङ उप-प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहेका थिए ।