× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले गरे सरकारी पैसाबाट आ–आफ्नै जीवन बिमा ।

    ३ महिना पहिले

    कुरिनटार, असार ५  । घरदैलोको जनताको सरकारको रुपमा स्थापित भै जनताको भलो गर्नुपर्ने स्थानीय सरकारका जनप्रतिनिधिहरु पछिल्लो समय आफ्नै भलोमा लिप्त हुन थालेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले  ऐन विपिरित सेवासुविधा लिने गरेका  छन् । 
    यसैबिच इच्छाकामना गाउँपालिकाकाका जनप्रतिनिधिहरुले पनि  ऐन विपरित मनपरी ढंगले सेवासुविधा लिने गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणमा इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिहरुले ऐन विपरित आफ्नै जिवन बिमा गरेको पाइएको छ । गाउँपालिकाले नेपाल लाईफ इन्सुरेन्सबाट गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहित ३८ जना जनप्रतिनिधिको जीवन बिमा गरेको पाईएको छ । सो वापत गाउँपालिकाले बिमा कम्पनीलाई ३ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ भुक्तानी दिएको देखिएको छ ।

    महालेखाले भने उक्त रकम ऐन विपरित गाउँपालिकाले भुक्तानी दिइएको पाईएकोले तत्काल असुल उपर गर्नुपर्ने भन्दै बेरुजु लेखिदिएको छ । 

    Source : ichchhakamanafm.org