× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    यातायातमा सीसीटीभी र र्‍याम्प राख्ने गृहको निर्देशनमा व्यवसायीको असन्तुष्टि

    ३ महिना पहिले

    काठमाडौं, असार १० । गृहमन्त्रालयको गत जेठ १७ को निर्णय कार्यान्वयनमा सकस देखिएको छ । गृहको सार्वजनिक यातायातलाई सुरक्षित तथा अपाङ्गमैत्री बनाउन गरेको निर्णय कार्यान्वयनमा सकस देखिएको हो ।

    सवारीसाधन भित्र यात्रुको सुरक्षालाई भरपर्दो बनाउन १ महिना भित्र सीसीटीभी राख्नुपर्नेछ । त्यस्तै अपाङ्गमैत्री र अशक्तमैत्री बनाउन अपाङ्गमैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिइएको छ । तर, सचिवस्तरीय निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत पठाइएको उक्त पत्रमा यातायात व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन् ।