× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    त्रिशूलीमा बेपत्ताको खोजीका लागि भारतले सहयाेग गर्ने ।१२ भारतीय टोली घटनास्थलमा ।

    २ महिना पहिले

    चितवन,साउन ५ । मुग्लिङ नारायणगढ सडक अन्तर्गत सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजी कार्यकाे लागि विशेष उपकरण सहित १२ जनाको राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली बेलहिया नाका हुँदै नेपाल आएको हो ।

    गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा आएको उक्त टोली राति सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरको स्वागतमा भैरहवामा बास बसेर शनिवार दिउसो चितवन आइपुगेको छ । उनिहरु बस पहिरोमा परेर बेपत्ता भएको स्थल सिमलताल पुगेका छन ।

    खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले उक्त टोलीले आजैबाट खोजीकार्य सुरु गर्ने जानकारी दिनुभयो । टोलीले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने सन्चार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण भारत बाट नै लिएर आएको छ ।

    सिमलताल दुर्घटनाको आज आठौँ दिन हो । अहिलेसम्म नेपाल र भारतकाे विभिन्न ठाउँबाट २३ वटा शव भेटिएका छन् । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात रहेको छ ।