× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मु–ना सडकमा अर्काे ठुलाे दुर्घटना । यात्रुबाहक बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते ।

    २ महिना पहिले

    भरतपुर,साउन ५ । मुग्लिङ नारायणगढ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए ।

    नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते मध्य १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जना मध्यम घाइते छन्।

    यसैगरि पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको छ। घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधन र तेल ट्याङ्करलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Source: narayanionline