× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    मदरल्याण्ड मावि फेरि नेपाल टप, कक्षा १२ की सदीक्षाको ३.९६ जिपिए

    १ महिना पहिले

    पोखरा । पोखराको मदरल्याण्ड मा.वि.ले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल भएकी छन् ।

    यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा–१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

    विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो । यस्तै, व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याए ।

    गत वर्ष मदरल्याण्डका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।

    २०८० सालको हालै प्रकाशित एसइई नतिजामा समेत मदरल्याण्डकै १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.०० जिपिए तथा औषत ३.७९ जिपिए ल्याएपछि देशैभरि चर्चाको विषय बनेको थियो ।