× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    नारायणी नदी किनारमा बाघको आक्रमण ।

    १ महिना पहिले

    चितवन, साउन २०- भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

    आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

    बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।