× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    स्कुल बस दुर्घटनाः मृतक आमाछोराको पाँच दिनपछि अन्त्येष्टि, ११ लाख क्षतिपूर्ति

    १ महिना पहिले

    पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा गत साउन १३ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्सको शुक्रबार अन्त्येष्टी गरिएको छ ।

    मुक्ति समाज नेपालका केन्द्रीय सचिव धनबहादुर नेपालीका अनुसार मृतक परिवारलाई सडक दुर्घटना बीमाबाहेक थप संस्थागत ११ लाख क्षतिपुर्ति दिने सहमति भएपछि शुक्रबार शव बुझेर अन्त्येष्टी गरिएको हो । दुई जनाको मृत्यु भएको हुनाले १० लाख दुर्घटना बीमा रकम हुन जान्छ ।

    विहीबार नागरिक समाज, मुक्ति समाज, मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिसहितहरु बीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो ।

    आरती कार्यरत पोखरा १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूल प्रशासन र एन व्याब्सनबाट ११ लाख रूपैयाँ दिने सहमति भएको बताइन्छ ।

    गत सोमबार बिहान उक्त स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । तीमध्ये आमा छोराको मृत्यु भएको थियो ।

    घाइते २८ मध्ये अझै पनि ११ जनाको उपचार जारी रहेको छ । प्रहरीका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।

    श्राेतः गण्डकन्युज