× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    अविरल वर्षाले सबै हवाई उडान प्रभावित

    १ महिना पहिले

    काठमाडौँ-अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित बन्न पुगेको छ । विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उडान तथा अवतरणमा समस्या विमानस्थल कार्यालयले जनाएको छ । 

    केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको जनाइएको छ । बिहानै उडान तालिकामा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित भएको छ । 

    खराब मौसमका कारण इस्तानबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र ड्रुक एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।