× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मुग्लिन–त्रिवेणी–मनकामना मोटरसाइकल ¥याली हुँदै

    १ महिना पहिले


    मुग्लिङ । मनकामना मन्दिरको कान्छी बहिनीको रुपमा परिचित मुग्लिङ पारी गोर्खा जिल्ला शहिद लखन गाउँपालिका वडा नं ३ मा अबस्थित त्रिवेणी मन्दिरको गर्भ गृहमा रहेको जल लिई मनकामना मन्दिरमा श्रद्धा स्वरुप अर्पण गरेर पूजा गर्न स्थानीय सामाजिक अभियन्ताहरुले त्रिवेणी भगबती मन्दिर ब्यबस्थापन समितिको आयोजनमा भाद्र १ गते बृहत मोटरसाईकल शोभा यात्रा निकाल्ने भएको छ ।


    पराम्पराकालदेखिनै मनकामना मन्दिरको दैनिक पूजा त्रिवेणी मन्दिरको जल अभिषेक पश्चात मात्र शुरु हुने प्रचलन रहदै आएको थियो अद्यापी कात्तिक र बैशाखमा हुने प्रमुख पर्ब पूजामामा त्रिवेणी जलको अभिषेक अनिबार्य मानिने कुरा मनकामना मन्दिरका मूल पूजारी श्री ईन्सान थापाले जानकारी गराउनु भएको छ ।

    बडा दशैमा गोरखाबाट काठमाण्डौ हनुमान ढोका सम्म पुरयाईने फूलपातीमा त्रिवेणी मन्दिरको जल अभिषेक पश्चात मात्र मनकामना मन्दिरबाट अघि बढाईने चलन रहेको छ। यसका साथै एक पटक मनकामना मन्दिरको मूर्तिमा पसिना बगेर अनिष्ट हुन लाग्दा यसै त्रिवेणी भगबतीको जलकुण्डमा रहेको जल लगी बज्र भैरबी तान्त्रिक बिधिद्धारा पूजा गर्दा पसिना रोकिएकोले सो बेला देखि मनकामनामा त्रिवेणी मन्दिरको जल लाने पराम्परा शुरु भएको मानिन्छ । तनहु, गोरखा र चितवन जिल्लाको संगम स्थल मुग्लिङ त्रिवेणी वेनी वरपर देवीका प्रसिद्ध ८ वटा शक्तिपीठहरु रहेका छन् । जुन जनश्रुती र किबंदन्ती अनुसार एक अर्काको सहोदर दिदी बहिनीको रुपमा मानिन्छ ।

    चितवनको ईच्छाकामना, गोरखाको मनकामना, त्रिवेणी र तँन्हूको छिम्केश्चरी देवीलाई एक अर्कामा जोडी धार्मिक सर्किटको रुपमा बिकास र बिस्तार गरिनको लागि प्रचार प्रसार स्वरुप यस कार्यक्रम आयोजना गरिएको कुरा त्रिवेणी–ईच्छाकामना–मनकामना– छिम्केश्चरी धार्मिक सर्किट बिकास अभियानका संयोजक श्री राम बहादुर लामाले बताउनु भयो ।

    शहिद लखन गापाका अध्यक्ष श्री रमेश बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो जल अर्पण मोटरसाईकल शोभा यात्रामा स्थानीय समाजसेवी, मन्दिर समितिका पदाधिकारी तथा सदस्यहरु, संघ संस्था, आमा समूहका सदस्यहरुको सहभागिता हुने रयालीका संयोजक श्री काजीमान थापाले जानकारी दिनु भयो । भारतको चार धाम सरहकै धार्मिक तथा पौराणिक महत्व बोकेको यस तीर्थस्थलहरुको प्रर्बद्धन मार्फत सनातन धर्म संस्कृतिको संरक्षण र बिकास हुने अपेक्षा राखिएको कुरा आयोजकले बताएको छ ।