× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विद्यालयमा लाखे तथा चुड्का नाच

    ३ हप्ता पहिले

    भदौ-९, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेकाे मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलमा लाखे, चुड्का नाच तथा राधा कृष्ण, कुमारीको झाँकी प्रदर्शन गर्नुका साथै जातिय पहिचानको पोशाक समेत प्रदर्शनी गरिएको छ।

    कृष्ण जन्माष्टमीको उपलक्ष्यमा विधालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले विद्यार्थीहरूले बनाएको मन्दिरमा दियो बालेर उद्घाटन गर्नुभएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर गुरुङको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू विष्णु कुँवर, इस्लामदिन मियाँ, गणेश श्रेष्ठ, इच्छाकामना होटल व्यवसायी सङ्घका अध्यक्ष मिनबहादुर श्रेष्ठ ,इच्छाकामना कला केन्द्रका अध्यक्ष काजीमान थापा, सह प्रधानाध्यापक शिशिर बाबु पन्त, कृष्णप्रसाद त्रिपाठी तथा विमला आले रहेका थिए।

    विधार्थीहरुलाई नेपाली संस्कार, लाेक संस्कृति , लाेक साहित्य र सभ्यताको प्रत्यक्ष अवलोकन एवं सहभागी गराउने उद्देश्यले स-साना बालबालिकालाई राधाकृष्ण, कुमारीका रुपमा सिँगार्नुका साथै विधार्थीहरुलाई लाखे तथा चुड्का नाच सिकाएर विधालय परिसरमै झाँकी प्रदर्शन तथा नेपाली जातीय पहिचानका पोशाक प्रदर्शन गरेर नेपाली परम्परागत संस्कार, संस्कृति जगेर्ना गर्ने कार्य गरेकोमा कार्यक्रमका प्रमुख अतिथी पालिका उपाध्यक्ष माया सिलवालले विद्यालयलाई धन्यवाद दिनुभयो।

    त्यसैगरी, उहाँले वर्तमान प्रविधिको युगमा आफ्नो बालबालिकाहरूलाई मोबाइलको लतबाट छुट्टाएर विभिन्न रचनात्मक कार्यमा लगाउन विद्यालय तथा अभिभावकलाई अनुरोध गर्नुभयो।

    हाम्रा आदिम संस्कृतिकाे मूल्य मान्यतासँगै हराउँदै गइरहेकाे हाम्राे माैलिक संस्कार , संस्कृति र सभ्यताकाे गहिराइमा विदेशी संस्कृतिकाे अनुसरण भइरहेकाे वर्तमानमा अवस्थामा याे कार्यक्रमले विद्यार्थीमा प्राचीन संस्कृतिकाे बाेध गराउनुकाे साथै सकारात्मक भावनाकाे पनि बिकाश गराउन महत्त्वपूर्ण भूमिका खेलेकाे कुरा विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताए।

    विधालयका इसिए इन्चार्ज सनम पन्तले सञ्चालन गरेको कार्यक्रमको प्रथम सत्रमा भगवान कृष्णको पूजा आराधना पश्चात विद्यार्थीहरूले विभिन्न जातीय पोशाक प्रदर्शन गर्नुका साथै आफ्नो कलाहरू प्रदर्शन गरेका थिए। त्यसैगरी कार्यक्रमको दोस्रो सत्रमा कृष्ण रथ यात्रा गरेका थिए। सो क्रममा विभिन्न देवीदेवताको रूपमा सजिएका एवं जातीय पोशाकमा रहेका विद्यार्थीहरूले चुड्का तथा लाखे नाच प्रदर्शन गर्दै मुग्लिन बजारको चोक परिक्रमा गरेका थिए।