× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन- नारायणगढ सडकको दुई ठाउँमा ५ वटा गाडीहरू आपसमा ठोकिँए, आँपटारीमा रुख ढल्दा सडक अवरुद्ध

    २ हप्ता पहिले

    भदौ-१६, चितवनको मुग्लिन- नारायणगढ सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

    बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ । बसका यात्रु भने सुरक्षित छन् ।

    त्यस्तै जुगेडीमा बिहानपख तीन बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको टाटा सफारीले अगाडि रोकेको बा प्र ०३-००१ च १७७० नम्बरको जिप र त्योभन्दा अगाडि रहेको ग २ च ४३३६ नम्बरको अर्को जिपलाई ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका-२९ जुगेडी प्रहरी चेकपोस्ट अगाडि भएको उक्त घटनामा कुनै मानवीय क्षति नभएको चितवन प्रशासनले जनाएको छ ।

    त्यसैगरी, भरतपुर महानगर १ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए ।