× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मनकामना केबलकार डिजिटल प्रविधिमा असाेज १ गतेदेखि नियमित संचालनमा ।

    १ दिन पहिले

    मनकामना, गाेरखा । नेपालकै पहिलाे केवुलकार मनकामना केबलकार असाेज १ गतेदेखि पुनः नियमित सञ्चालनमा आएको छ । २०५५ मंसिर ८ गतेदेखि मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवुलकार अब डि कनेक्ट प्रबिधिमा पुर्णरूपमा डिजिटल प्रविधिमा सञ्चालन हुने छ ।

    स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    अष्ट्रियाको डोप्पलमेयर कम्पनीका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरहरू तथा प्राविधिकहरूको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।