× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय र अध्यक्षलाई सम्मान

    १५ घण्टा पहिले

    कुरिनटार – राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा चितवनको इच्छाकामना गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय, विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ ।

    गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुको शैक्षिक सत्र २०८० मा विभिन्न तह र कक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, विद्यालय र विषयगत शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई गरिएको हो ।

    गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा शिक्षक, अभिभावक, विद्यार्थी विभिन्न्न शिक्षक संगठनका प्रतिनिधिलगायतको उपस्थितिमा सम्मान गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गुरुङले शिक्षामा सुधार ल्याउनका लागि कुनै एकपक्ष जनप्रतिनिधि मात्र लागेर नहुने बताउनुभयो । सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । इच्छाकामनामा सबै भन्दा धेरै करिब ४३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी भएको बताउनुभयो । शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल दशौँ बर्षपछि मात्र परिणाम आउने भएकाले अहिले नै चिन्तित हुनुपर्ने वा हौसिनुपर्ने विषय नरहेको बताउनुभयो । इमान्दारीका साथ कर्तव्य निभाउँदै जाने हो भने शिक्षा राम्रो हुने उहाँको भनाई छ । पुरस्कृत विद्यार्थी शिक्षक विद्यालय तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई बधाई दिदैँ उहाँले आगमी दिनमा थप उत्कृष्ट नतिजा ल्याउनका लागि सबैलाई लागि पर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा उपाध्यक्ष माया सिलवालले पुरस्कार तथा सम्मानले विद्यार्थी, शिक्षकहरुमा थप हौसला र प्रतिष्पर्धा गर्न हौसला प्रदान हुने बताउनुभयो ।यस पटक पुरस्कृत नभएकाहरुलाई आगामी बर्षमा मेहनत गरि उत्कृष्ट बन्न आग्रह गर्नुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले यस्ता सम्मान तथा पुरस्कृत कार्यक्रमले म पनि किन पुरस्कृत हुननसक्ने भन्ने सन्देश दिने बताउनुभयो । आगमी बर्षमा सबै विद्यालयहरुलाई पुरस्कृत गर्न कठिन हुने गरि नतीजा प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले शिक्षाको गुणस्तरमा वृद्धि गर्नका लागि शिक्षक विद्यार्थी विद्यालय व्यवसथापन समिति अभिभावकलाई प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन,नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष शिवप्रसाद तिमिल्सिना, निजि विद्यालयहरुको छाता संगठन प्याब्सन इच्छाकामनाका अध्यक्ष टंक त्रिपाठी, नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष यान बहादुर गुरुङ, राष्ट्रिय शिक्षक संगठनकी अध्यक्ष ज्ञानुदेवी पाण्डे, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष इश्वर नेपाल, शिक्षक विज्ञ सल्लाहकार प्रकाश अधिकारी, एकराज पोखरेल,हात्तिवाङ माविका प्रअ लोक बहादुर मगर र मायाटार राष्ट्रिय अधारभुत विद्यालय मायाटारका अध्यक्ष शेर बहादुर प्रजा लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न १५ विद्यामा सम्मान गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र बहादुर रोकायले बताउनुभयो ।

    उहाँका अनुसार कक्षा ८ आधारभूत तहको सामुदायिक छात्रा तर्फ श्री राष्ट्रिय आ.वि. मायाटारकी सोनी गुरुङ र छात्र तर्फ प्रितम चेपाङलाई सम्मान गरेका थिए । संस्थागतको छात्र तर्फ प्रगति पाठशालाका रिजव थापा मगर र छात्रा तर्फ मस्र्याङ्दी शिक्षा सदन बोर्डिङ स्कुलकी सकिरा बस्नेत सम्मानित भएका हुन् ।

    यसैबिच एसइईको सामुदायिक विद्यालय छात्रा तर्फ सर्वशान्ति मावि कुरिनटारकी कृष्मा कोइराला र छात्र तर्फ पनि सर्वशान्तिकै चित्र बहादुर गुरुङलाई सम्मान गरिएको छ । एसइई संस्थागतको छात्र तर्फ रौनक श्रेष्ठ र छात्रा तर्फपनि प्रगतिपाठशालाकी प्रगति वाईवा सम्मानित हुनुभयो ।

    यसैबिच राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को सामुदायिक छात्रा तर्फ सर्वशान्ति मावि कुरिनटारकी सर्मिला मगर र छात्र तर्फ पनि सर्वशान्तिकै चन्द्र बहादुर राई सम्मानित भए । यसैबिच गाउँपलिकाभर एसईई परिक्षा उत्तिर्ण सामुदायिक तर्फ उत्कृष्ट श्री राष्ट्रिय आधारभूत विद्यालय हात्तिवाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्म बहादुुर प्रजा र आधारभूत तह उत्तिर्ण कक्षा ८ तर्फ श्री देउराली राष्ट्रिय आधारभूत विद्यालय सुन्दरबस्तीका चन्द्रकुमार चेपाङलाई सम्मान गरिएको थियो ।

    गाउँपालिकाले कक्षा १ सम्म, कक्षा १ देखि ३ सम्म, कक्षा ४ र ५ , कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरु , विषयगत शिक्षकहरुलाई सम्मान गरिएको छ । साथै चित्र कला, हस्तलेख र निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय सान्त्वना हुने विद्यार्थीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।