× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडक खण्डको ९ किलोमा सडक भासियो, सडक भासिएको ठाउँमा बोलेर दुर्घटना

    २ घण्टा पहिले

    असोज-१२, मुग्लिङ-नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा फेरि सडक भासिएको छ। इच्छाकामना गाउँपालिका ६ अन्तर्गत सो स्थानमा पटकपटक सडक भासिरहेको र हाल अविरल वर्षा कारण करिब २ फिड सडक भासिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    सडक भासिएकै स्थानमा बलेरो जिप दुर्घटनामा परी फसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी प्रमुख निरला भण्डारीले दिएको जानकारी अनुसार जुगेडी देखी मुग्लिन तर्फ आउदै गरेको प्र.३ ०१ ०२४ च ३०५६ नं को बलेरो जिप जमिन भासिएको ठाउँमा फसेको छ ।

    हाल सो स्थानमा सडक मर्मत कार्य भइरहेकोले करिब आधा घण्टा पछि सो सडकमा यातायात सुचारु हुने जनाएको छ।