× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अविरल वर्षा कारण देशको अधिकांश प्रमुख राजमार्गहरू अवरुद्ध

    ४ घण्टा पहिले

    असोज-१२, अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशको अधिकांश प्रमुख राजमार्गहरू अवरुद्ध भएको छ।

    मुख्य राजमार्गमा रहेको विभिन्न २८ ठाउँमा बाढी र पहिरोका कारण सडक बन्द भएको छ। नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले भने, ‘अहिले विभिन्न २८ स्थानमा आएको पहिरो र सडक भासिएका कारण मुख्य राजमार्गहरु पूर्ण रुपमा बन्द छन्,’उनले भने।

    उनका अनुसार काठमाडौँबाट बाहिरिने र भित्रिने सबै सडक पनि यतिबेला बन्द भएका छन्। काठमाडौँ-चितवन सडक, काठमाडौँ सिन्धुली जाने बीपी राजमार्ग अवरुद्ध छन्।

    यसैगरी पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक, मुग्लिन-नारायणगढ सडक, चितवन- बुटवल सडक, अरनीको राजमार्गमा पर्ने काभ्रे-दोलखा सडक, बेनी-मुस्ताङ सडक, कैलाली -बझाङ बाजुरा सडक, झापा-इलाम सडक, मलेखु -धादिङ सडक अहिले बन्द अवस्थामा छन्।

    अविरल वर्षा र ठाउँठाउँमा पहिरो जाँदा उद्धार र राहतमा कठिनाइ भइरहेको छ।

    निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु रसुवागढी खण्डको सडक पनि अवरुद्ध भएको छ। जसका कारण सयौंको सङ्ख्यामा सवारी साधन अलपत्र परेका छन्।

    काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरुङबाट काठमाडौँ का लागि मालवस्तु बोकी आएका मालबाहक सवारी साधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।