× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ-काठमाडौं सडकमा मालवाहक ठूला सवारी बन्द

    ३ हप्ता पहिले

    असोज-१८, चितवनको नारायणगढ देखि काठमाडौं सम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

    तर, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउनेछन् ।

    आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको पनेरूले बताए ।

    अहिले चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठूला सवारी साधन रोकिएको छ ।