× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केवलकार असोज २६ देखि कात्तिक १ गते सम्म बन्द हुने, असोज २८ गते एकदिन भने खुल्ने

    २ हप्ता पहिले

    असोज २३, मुुग्लिन । चितवनको इच्छाकामना ४ चेरेसमा अवस्थित मनकामना केबलकार सेवा थप तीन दिन बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रालीका नायव प्रवन्ध निर्देशक उज्ज्वल शेरचनले दिनुभएको जानकारीअनुसार असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म केवलकारको लठ्ठा छोट्याउनुको साथै मर्मत गर्नको लागि केवलकार सेवा तीन दिन बन्द हुने भएको छ।

    यसअघि दिएको सुचना अनुसार असोज २६ गते विजयदशमी र २७ गते एकादशी दुई दिन पनि बन्द हुनेछ।

    केबलकार सेवा असोज २८ सोमबार एकदिन सञ्चालन हुने र थप दिन केबलकार सेवा बन्द भएर कार्तिक २ गतेबाट नियमित सञ्चालन हुने नायब निर्देशक शेरचनले जनाउनुभयो।