× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलि मुग्लिन फिडर अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

    ४ घण्टा पहिले

    कार्तिक-२, मुग्लिन फिडर अन्तर्गतका सबै क्षेत्रमा भोलि मिति २०८१ कार्तिक ३ गते (शनिवार) ४ घण्टा विद्युत अबरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना जारी गर्दै आँबुखैरेनीदेखि मुग्लिन सम्मको क्षेत्रमा ११ केभी प्रसारण लाइन मुनि पर्ने रुखका हाँगाहरु काट्नुपर्ने भएकोले विहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म विद्युत अबरुद्ध हुने जानकारी दिएको हो ।

    मुग्लिन फिडर अन्तर्गत मुग्लिन, कुरिन्टार, फिस्लिङ मोवाखोला आसपासका क्षेत्रहरू लगायत गोर्खाका लखन थापा तथा गण्डकी गाउँपालिकाका केही क्षेत्रहरू पर्दछन्।