× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    २ दिन पहिले

    कार्तिक-४, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाले आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।

    बहसका क्रममा सरकारी वकिल कार्यालयले ६ दिन म्याद थप गर्न माग गरेका थिए भने लामिछानेका वकिलहरूले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको तर्क गरेका थिए । लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरि कास्की लगिएको थियो ।