३ हप्ता पहिले
कार्तिक-१२, जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा राति ९:०० बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने चितवन प्रशासनले निर्णय गरेको हो ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी तिहारमा देउसी भैलो, नाचगान तथा साँस्कृतिक क्रियाकलाप बिहानको ७:०० बजेदेखि रातिको ९:०० बजेसम्म मात्र गर्न अनुरोध गरेको छ।
त्यसैगरि कानुन विपरीत जुवा तास लङ्गुरबुर्जा खेल्ने/खेलाउने,भुईचम्पा, पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने चितवन प्रशासनले चेतावनी दिएको छ ।
यसैगरी प्रशासनले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न, म्याद गुज्रेको भाई मसला, प्लास्टिकजन्य फुलमाला लगायत कानुनले आयत र प्रयोग गर्न निषेध गरेका वस्तुहरु प्रयोग र वितरण नगर्न सुचनामा भनिएको छ।