७ दिन पहिले
कार्तिक-२९, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा रहेको मनकामना केबलकार मंसिर ५ र ६ गते दुई दिनसम्म बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालीका नायव प्रवन्ध निर्देशक उज्ज्वल शेरचनका अनुसार हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको र त्यसको केही बाँकी काम अन्तर्गत ब्रेक चप्पर जडान, टावर १ र २ को परिमार्जनको लागि मंसिर ५ र ६ गते दुई दिन केबलकार सेवा बन्द हुनेछ ।
मंसिर ७ गते शुक्रबार गतेदेखि भने केबलकार सेवा नियमित संचालनमा आउने शेरचनले जनाएका छन्