२ दिन पहिले
मंसिर-४, फेक डकुमेन्ट’ सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका भाइरल व्यवसायी दुर्गा प्रसाईँ केही बेरअघि पक्राउ परेका छन् ।
उनले हालेको भिडिओ अहिले सामाजिक सञ्जालमा विरोधीले भाइरल गराइरहेका छन् ।उनीमाथि विद्युतीय कारोबार ऐन र मुलुकी अपराध संहिताअनुसार सजाय हुनसक्ने प्रहरी र कानूनका ज्ञाताले बताएका छन् ।
अभिवक्ता विनिता तामाङ सरकारी दस्तावेज कीर्ते गर्नेलाई कानूनमै सजाय तोकिएको बताउँछिन् । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ ग अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने उनले बताइन् ।
यस्तै हस्ताक्षर कीर्तेको पनि बेग्लै सजायको प्रावधान छ । उक्त कसुरमा ५ वर्ष कैद र ५ हजासम्म जरिवाना तोकिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटी उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले मुद्दा चलाउने बताउँछन् ।
उनका अभिव्यक्ति र लगाइएका लाञ्छना झुठो ठहरिए विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुन्छ । जसअन्तर्गत एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।’