५ दिन पहिले
मंसिर-२१, चितवनको इच्छाकामना गाउँपालिका वडानं ५ मा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनमा विद्यालय स्तरिय १ दिने ” प्राथमिक उपचार तालिम” सम्पन्न भएको छ।
मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलमा गठन भएको युवा रेडक्रस सर्कलको आयोजना तथा इच्छाकामना गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने प्राथमिक उपचार तालिम शुक्रबार सम्पन्न भएको हो।
मर्स्याङ्दी युवा रेडक्रस सर्कलकी अध्यक्ष साकिरा बस्नेतको अध्यक्षता सम्पन्न तालिममा नेपाल रेडक्रस सोसाइटी उपशाखा मुग्लिनका सचिव शंकर सिलवालको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु कुँवर, विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठ, इच्छाकामना आधारभूत अस्पतालका डाक्टर अभिषेक लिम्बु, इच्छाकामना जन स्वास्थ्य निरीक्षक नवराज अधिकारीको विशिष्ट अतिथ्यता रहेको थियो।
युवा सर्कलका शिक्षक नायक सोनी गुरुङले सञ्चालन गरेको कार्यक्रममा आधारभूत अस्पतालका ल्याब टेक्निसियन सन्तोष थापा, विद्यालयका इसीए इन्चार्ज सनम पन्तको अतिथ्यता रहेको थियो।
सो तालिममा इच्छाकामना आधारभूत अस्पतालका डाक्टर अभिषेक लिम्बु, इच्छाकामना जन स्वास्थ्य निरीक्षक नवराज अधिकारीले प्रशिक्षण दिनु भएको थियो।