११ घण्टा पहिले
मंसिर-२६, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा रहेको मनकामना केबलकार पुष १ र २ गते दुई दिनसम्म बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालीका नायव प्रवन्ध निर्देशक उज्ज्वल शेरचनका अनुसार हालैमात्र ब्रेक चप्पर जडान, टावर १ र २ को परिमार्जन लगायतका कार्य गरिएको र पुष १ र २ गते टावरजो थप मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द हुनेछ ।
पुष ३ गते बुधबार गतेदेखि भने केबलकार सेवा नियमित संचालनमा आउने नायव प्रवन्ध निर्देशक शेरचनले जनाएका छन् ।