× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउँदै इच्छाकामना गाउँपालिका

    ५ दिन पहिले

    मंसिर-२८, इच्छाकामना गाउँपालिकाले विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको अनुरोधमा विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाको न्यायिक समितिले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

    स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको इच्छाकामना गाउँपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक माया सिलवालले बताइन् ।

    उपप्रमुख सिलवालले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी पाएपछि परिवारका सदस्यलाई बुझाउन आग्रह गरिन् । कानुन सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

    सो कार्यक्रममा न्यायिक समिति सहजकर्ता कृष्ण सापकोटाले न्यायिक समितिको संबैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत ले पालिकाले दिने विविध सेवाहरूको बारेमा जानकारी गराएका थिए भने शिक्षा अधिकृत पुष्कर राज बिष्टले शिक्षा शाखाबाट हुने सेवाहरूको बारे बताएका थिए।

    कार्यक्रममा सहभागी भएर धेरै जीवनोपयोगी ज्ञान प्राप्त भएको कार्यक्रममा सहभागी विद्यार्थी कृष्ण खनालले बताए।