× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    राजा महेन्द्रको पुष १ कदम-सुनिल उलक

    २ दिन पहिले

    धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको बिकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यबस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण ब्यबस्था गर्दथे । उनिहरुमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यबस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि पञ्चेको रुपमा बदनाम भयो ।

    पृथ्वीनारायण शाहको राष्ट्र एकिकरण अभियानमा उनका छोरा बहादुर शाहले पनि निरन्तरता दिए । तर त्यसपछि सन्की राजाहरू तथा थापा, पाण्डे, चौतरियाको आपसी दुश्मनीले देशले धेरै गुमायो । टिस्टा देखि कांगडाको सिमालाई मेची देखी महाकालीमा सिमित बनाइदियो । जंगेलाई यहि थापा, पाण्डे, चौतरिया र सन्की राजाले जन्माएको थियो । त्यो बेलाको आबश्यकता थियो जंगे । जंगेको उदय नभएको भए नेपाल भारतको एउटा प्रान्तमा सिमित हुने थियो । हैसियत नभए पनि हुकुमता भएका जंगे उपयुक्त भइदियो । जंगेलाई स्विकार्नु पर्ने जनताको बाध्यता थियो त्यो बेला ।बि.सं. १९४२ को घटना पछि राणा केही उग्र भयो । धेरै कुरा राणाबाट गल्ती भए, अहिलेका नव राणा वा नव राजाहरू झै धिरशम्शेरका सत्र भाइ छोराहरु पनि सत्ताको लागी जस्तो सुकै गर्न तैयार हुदै गए । तर कहिले काँही राम्रो काम पनि सत्ता गुम्ने डरले गर्न चाहेनन् ।

    बि.सं. २००१ मा जुद्धशम्शेर, भाइसराय Earl of Linlithgow को निम्तोमा भारत भ्रमणमा गएका थिए । यो भ्रमण नितान्त ब्यक्तिगत थिएन, अंग्रेज सरकारले नेपाललाई केही उपहारमा दिन चाहेका थिए । यस भन्दा अगाडी प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौ ले पनि नेपालको कदर गर्न चाहेको जानकारी पत्रबाट दिइसकेका थिए ।

    भारत भ्रमणको समय भाइसराय Earl of Linlithgow ले एकान्तमा जुद्धशम्शेरलाई सूचित गरे । हामी भारत छोडेर जादैछौ, यो अप्रत्यासित थियो जुद्धशम्शेरको लागी । एकैचोटी उसको दाहिने हात कसैले काटिदिए जस्तो भयो । बिस्तारै भाइसरायले थप्दै भने, नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौ, तसर्थ अंग्रेज सरकार नेपाललाई केही उपहार दिन चाहन्छ । यहि सुचित गर्न महाराजलाई दिल्ली दरवारमा निम्तो पठाइएको हो । कौटुहलता विच जुद्धको प्रश्न भुइमा झर्न नपाउदै भाइसरायले भने, अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनु अगाडी बंगलादेश नेपाललाई सुम्पन चाहेको जानकारी गराउन चाहन्छु । देशले समुन्द्री किनार भेटे बिकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसंग जोडिदिन चाहेका थिए ।

    राणा विरोधी आन्दोलनबाट आजित भैसकेका जुद्धशम्शेर बंगलादेश नेपालमा गाभ्ने प्रसंगले अझ तर्सिए । उनले हुन्छ वा हुदैन भन्न सकेनन् । छिट्टै जानकारी पठाउछु भन्दै फर्किए । दुइ महिना पछि उनले पत्रमा देशभित्र नै आन्दोलन चर्किरहेको अवस्थामा बंगलादेश स्विकार्न कठिन हुने जानकारी पठाए । प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौको नेपाललाई भूपरिवेष्टिटबाट जोगाउने र भारतको पराधिनताबाट रोक्ने इच्छा पुरा हुन सकेन ।

    भारतको स्वतन्त्रता पछि नेहरूको चंगुलमा फसेका राजा त्रीभूवनले अरू केही सहि देख्न नै सक्दैनथे । केवल नेहरूको सल्लाहलाई शिरोपर गर्थे । कार्तिक २२, २००७ मा नेपाललाई स्वतन्त्र गर्ने चाहनाले राजा भारतमा पुगेका थिएनन् । नेहरूको इच्छाले पुगेका थिए, हैदरावाद भवनमा कैद सरह बसेका थिए । राजकिय सम्मानका साथ बसेका थिएनन् । त्यो कैदखानामा राजा त्रिभूवनलाई पहिलो पटक भेट्न पुगेका पुरूषोत्तमशम्शेरको अनुभवमा त तिहाडमा पनि त्यति सुरक्षा हुदैन जति त्रिभूवन बसेको ठाउँसम्म सेनाको पहरा थियो । Erika Leuchtag रानी कान्तीको उपचारको लागी होइन नेहरूको प्रतिनिधीको रूपमा दरवारको जासुसी गर्न पठाइएको थियो । पछि यिनै नर्ससंग राजाको हिमचिम बढ्यो । Erika को सहयोगमा राजालाई दिल्ली पुर्याइयो । हुन त नेहरूले चाहेको (भारतको हिमाञ्चल राज्यमा गाभ्ने) कुरा युवराज महेन्द्रले गर्दा पुगेन तर एक किसिमको उपनिवेश भने बनाइछाडे ।

    २००७ पछि हामी भारतको अधिनमा आयौ, नेहरूले राजाको साथ आफ्ना प्रतिनिधी पठाए, राजाको सल्लाहकारको रूपमा । २००८ मा नेपालको सुरक्षा परिषदको पहिलो बैठक दिल्लीमा बस्यो । यसलाई भारतीय सेना प्रमुखले ब्रिफिङ गरे।